हिमपहिरामा हराएका भण्डारी अझै भेटिएनन्
इनेप्लिज
२०७१ फागुन २४ गते ४:४१ मा प्रकाशित
जुम्ला, २४ फागुन । गत सोमबार हिउँ पहिरामा परी बेपत्ता भएका देपालगाउँ गाविस–९ का लक्ष्मी भण्डारी अझै भेटिएका छैनन् ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोजी जारी भए पनि हालसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । हिउँपहिरो धेरै गएकाले खोजीमा कठिनाइ भएको सेनाले जनाएको छ । निमित्त प्रजिअ विष्णुप्रसाद न्यौपानेको नेतृत्वमा गएको ३० जनाको टोलीले घटनास्थलमा पुगेर खोजअनुसन्धान गर्दा पनि बेपत्ता भण्डारीलाई भेटाउन नसकेको बताइएको छ ।
तालिमप्राप्त नेपाली सैनिक र प्रहरीद्वारा बेपत्ता भण्डारीको खोजी जारी रहेको छ । खोजीमा देपालगाउँका बासिन्दाले पनि सहयोग गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया