लुम्बिनी विविको प्राज्ञिक गुरुयोजना निर्माणको थालनी
बुटवल, २४ फागुन । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राज्ञिक गुरुयोजना निर्माण थालेको छ ।
विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन र नेपालमा पनि फरक शैक्षिक संस्थाका रुपमा स्थापित गर्ने गरी प्राज्ञिक गुरुयोजनाको थालनी भएको हो । प्राज्ञिक गुरुयोजना निर्माण समितिले तीन साता लगाएर बनाएको गुरुयोजनाको प्रारम्भिक मस्यौदाको पहिलो पटक शनिबार बुटवलमा विश्वविद्यालयका उपकुलपति डा नरेशमान वज्राचार्यले सार्वजनिक गर्दै विश्वविद्यालयलाई कसरी फरक र प्राज्ञिक बनाउने भन्ने उद्देश्यका साथ गुरुयोजना निर्माण थालिएको बताउनुभयो ।
गुरुयोजना निर्माणका लागि वज्राचार्यकै संयोजकत्वमा सात सदस्यीय समिति निर्माण गरिएको छ । मस्यौदामा विश्वविद्यालयमा थेरवाद, महायान, वज्रयान, बौद्ध इतिहास, बौद्ध कला र पुरातत्व, हिमाली बौद्धधर्म, बौद्धधर्म र ध्यान, पर्यटन र पथप्रदर्शनलगायत विभाग राखिएको छ ।
अहिले स्नातकोत्तर र विद्यावारिधि कार्यक्रम सञ्चालन गरेको विश्विद्यालयको गुरुयोजना मस्यौदामा प्रमाणपत्र तह र स्नातक तहलाई समेत समावेश गर्ने बताइएको छ । बौद्ध ग्रन्थ लेखिएका पाली, संस्कृत, तिब्बती र चिनियाँ भाषा तथा साहित्यमा प्रमाणपत्र तह र स्नातक तह चलाउन सकिने प्रस्ताव समितिको छ । पोस्ट ग्य्राजुएट डिप्लोमाको व्यवस्था पनि गरिएको छ । यो कार्यक्रम एक वर्षको हुनेछ ।
विश्वविद्यालयमा अन्तर्राष्ट्रिय आकर्षण बढाउन विदेशी विज्ञलाई मानार्थ उपाधि दिन सकिने व्यवस्थासमेत मस्यौदामा छ । त्यस अवसरमा सभासद् भरतकुमार शाहले बौद्ध दर्शनलाई मूल विषय बनाएर अन्य विषय पनि जोड्नुपर्ने बताउनुभयो ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया