पुस्तकालयलाई पुस्तक हस्तान्तरण
दमक, २४ फागुन । झापाको दमक पब्लिक लाइब्रेरीलाई शनिबार विभिन्न व्यक्तिले २०० भन्दा बढी विभिन्न किसिमका पुस्तक उपलब्ध गराएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य डा तुलसी भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमबिबिएस अध्ययनरत दमककी विभूति अधिकारीको समूहले दुई दर्जनभन्दा बढी स्वास्थ्यसम्बन्धी पुस्तक दान गरेको हो । त्यस्तै दमक उद्योग वाणिज्य सङ्घ र साहित्यकार कृष्ण उदासीबाट पनि विभिन्न पुस्तक हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा डा भट्टराईले पुस्तकालयले युवामा पठन संस्कृतिको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । शारीरिक रुपमा अशक्त स्थानीयवासी भेषराज न्यौपानेको सक्रियतामा दमक–१३ मा २०६८ सालमा सो पुस्तकालय स्थापना भएको हो । हालसम्म करिब पाँच हजारभन्दा बढी विभिन्न किसिमका पुस्तक सङ्ग्रह भइसकेको लाइब्रेरीका उपाध्यक्ष जीवन सापकोटाले जानकारी दिनुभयो ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया