मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १०:५३
वासिङटन डिसी 00:08

प्रेस चौतारी पत्रकारिता पुरस्कार सारूलाई

इनेप्लिज २०७१ फागुन २४ गते २:५९ मा प्रकाशित

Press-Chautariपोखरा, २४ फागुन । प्रेस चौतारी कास्कीको सातौं अधिवेशनका अवसरमा यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कार खेम सारूलाई प्रदान गरिएको छ ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले शनिबार यहाँ आयोजित कार्यक्रममा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा कार्यरत सारूलाई रु ११ हजार १११ राशिको उक्त पुरस्कार प्रदान गर्दै पत्रकारिता विश्वसनीय, उत्तरदायी र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो ।

व्यवस्थापिका–संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले सूचना सम्प्रेषणको विश्वसनीय संस्था राससले समाचार तीव्र सम्प्रेषण गर्न सुरु गरेकामा खुसी व्यक्त गर्दै सञ्चार क्षेत्रको लगानी विकास र समृद्धिका लागि भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया