सल्यानटारमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव
गजुरी (धादिङ), २४ फागुन । नेपाली काँग्रेस धादिङले सरकारसमक्ष अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि धादिङको सल्यानटार प्रस्ताव गरेको छ ।
देशमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा निकै समस्या परेको बताउँदै सूचना तथा सञ्चारमन्त्रीलाई शनिबार बुझाइएको काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीद्वारा हस्ताक्षरित प्रस्तावपत्रमा धादिङ जिल्लाको उत्तरी क्षेत्रअन्तर्गत सल्यानटार गाविसमा पर्ने सल्यानटारको १३ किमी लम्बाइ र तीन किमी चौडाइमा फैलिएको जग्गा विमानस्थलका लागि उपयुक्त हुने अवगत गराइएको छ ।
सल्यानटारनजिकै बूढीगण्डकी परियोजना सञ्चालन हुन लागिरहेको छ । अन्तर्राष्ट्रिय उडान हुँदा पर्यटकलाई बूढीगण्डकी ताल अवलोकन गर्नका लागि उपयुक्त हुनाका साथै अन्नपूर्ण, मनास्लु, लाङटाङ, गौरीशङ्कर, गणेश, पाविल र पाल्दोर हिमालको मनोरम दृश्यसहित सल्यानटार अवतरण गर्न सकिने उत्तमस्थलका रुपमा सल्यानटार मानिन्छ ।
यसअघि सल्यानटारमा सहायक विमानस्थल बनाउनका लागि पर्यटन मन्त्रालयबाट सर्भेसहितका काम भइसकेको र केही रकमसमेत खर्च भएकाले सो कार्यलाई थप अध्ययन गरी काम अगाडि बढाउन नेता अधिकारीले मन्त्री रिजालमार्फत सरकारलाई आग्रह गर्नुभएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया