उपराष्ट्रपतिबाट महिला दिवसमा सन्देश
इनेप्लिज
२०७१ फागुन २४ गते २:४९ मा प्रकाशित
काठमाडौँ, २४ फागुन । उपराष्ट्रपति परमानन्द झाले अन्तर्राष्ट्रिय महिला दिवसको शुभअवसरमा आज एक शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् तथा यस दिवसले सम्पूर्ण नेपाली महिलाहरुलाई एक सुत्रमा आबद्ध गर्दै सबै नेपालीलाई समान अधिकार सम्पन्न बनाउन नव संविधान निर्माणार्थ आपसी मेलमिलापको वातावरणसमेत सिर्जना गर्न सकोस् भनी कामना गर्नुभएको छ ।
सन्देशमा उहाँले अन्तर्राष्ट्रिय महिला दिवसको शुभअवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनीहरुको सुख, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय कामना पनि व्यक्त गर्नुभएको छ ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया