शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं १६:५०
वासिङटन डिसी 07:05

वार्ताको सुरुवातसँगै अब छिट्टै संविधान आउँछ: मन्त्री निधि

इनेप्लिज २०७१ फागुन २३ गते १५:३४ मा प्रकाशित

bimalendra-nidhiभक्तपुर, २३ फागुन । भौतिक योजना तथा पूर्वाधार निर्माण मन्त्री विमलेन्द्र निधिले अबको केही दिन मै सरकार र विपक्षी मोर्चाबीचको वार्ता निष्कर्षमा पुगेर सहमति मै संविधान बन्ने दाबी गर्नुभएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज डोलेश्वरमा उद्घाटन गर्दै उहाँले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नै छिटोभन्दा छिटो संविधान बनाउने पक्षमा रहेकाले वार्ता छिट्टै निष्कर्षमा पुग्ने संकेत देखिएको बताउनुभएको हो ।

उहाँले विपक्षी दलसँगको वार्तामा विवादित विषय बनेको शासकीय स्वरुप, न्यायप्रणाली र राज्यको पुनःसंरचनालाई सहमति मै टुङ्याएर लैजानेबारे छलफल भएको उल्लेख गर्नु भयो ।

प्रतिक्रिया