बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०९:०७
वासिङटन डिसी 23:22

पहिलो मस्यौदापछि मात्र पूर्ण संविधान जारी हुने: मन्त्री आचार्य

इनेप्लिज २०७१ फागुन २३ गते १५:३२ मा प्रकाशित

e2a904540addb3edcfcde64da535289aनेपालगन्ज, २३ फागुन । शान्ति तथा पुनः निर्माण र कानुन मन्त्री नरहरि आचार्यले संविधानको पहिलो मस्यौदा जनता समक्ष ल्याएर मात्र पूर्ण संविधान जारी गर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान लेखनका अधिकांश बुँदामा सहमति भइसकेको र विमतिका विषय पनि सहमतिबाट टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री आचार्यले सत्य निरुपण तथा बेपत्ता आयोग गठनपछि शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन सहज भएको बताउनुभयो ।

उहाँको थप भनाइ थियो, “संविधान लेखनको कार्यतालिका दलहरुको सहमतिबाट प्रकाशित गरिनेछ ।”

प्रतिक्रिया