अमेरिकामा तेक्वान्दो खेलाडी खरेललाई स्वर्ण पदक
इनेप्लिज
२०७१ फागुन २३ गते १२:३७ मा प्रकाशित
वाटरफोर्ड,अमेरिका,–मिचिगन राज्यमा हालै सञ्चालन भएको ग्रेट लेक कप तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडी विप्लव खरेलले स्वर्ण पदक जितेका छन् । ८ देखि ९ वर्ष समूहको मध्य तौल अन्तर्गत ग्रिन वेल्टाका खरेलले स्वर्ण हात पार्ने क्रममा तीन जना प्रतिस्पर्धीलाई पाखा लगाएका थिए l
यसका साथै उनले जुनियर तौल समूहमा समेत स्वर्ण पदकका साथ च्याम्पियनसिप ट्रफी हात पारेको मिचिनगन वाटरफोर्डमा ज्योती एभरेष्ट तेक्वान्दो स्कूलका लभप्रसाद गोर्खालीले जानकारी गराएका छन् ।खरेललाई उत्कृष्ट खेलाडीको उपाधि पनि प्रदान गरिएको थियो ।
त्यस्तै १५ देखि १७ वर्ष उमेर समूहको व्ल्याक वेल्ट अन्तर्गत भएको स्पर्धामा अमूल गोर्खालीले रजत पदक प्राप्त गरेका थिए ।
न्यूयोर्क राज्यका सिनेट बहुमतका नेताद्वारा गभर्नर एन्ड्र्यू कुमोलाई राजीनामा गर्न आग्रह
केन्टकीमा शंकास्पद विषाक्त पदार्थको कारण ३ जनाको मृत्यु,२ प्रहरी सहित कैयौ बिरामी
बाइडेनद्वारा मतदान अधिकार सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर
एनआरएनलाई नेपाल र नेपाली प्रति जिम्मेवारी बनाउन पहल गर्दछ – प्रेमकाजी श्रेष्ठ
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
प्रतिक्रिया