दलबीच टुटेको सम्बन्ध जोडियो
इनेप्लिज
२०७१ फागुन २३ गते ८:४५ मा प्रकाशित
गत माघ ५ गते मध्यरातमा संविधानका अन्तर्वस्तुमा पुनः छलफल गरी सहमति गर्ने कि प्रक्रियामा लैजाने भन्ने विषयमा सत्तासाझेदार दल र एकीकृत नेकपा (माओवादी)ले प्रतिनिधित्व गरेको ३० दलका बीचमा कुरा नमिल्दा संविधानसभाभित्र तोडफोड भएपछि दलबीचको सम्बन्ध चिस्सिएको थियो ।
सत्तासाझेदार दल नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले) लगायत केही साना दल प्रक्रियाका लागि अगाडि बढेका थिए भने ३० दल आन्दोलनमा ओर्लिएका थिए । विशेष गरी प्रधानमन्त्री सुशील कोइरालाको विशेष आग्रहमा ३० दलका नेता माघ ५ पछि पहिलो पटक संविधान लेखनका विषयमा औपचारिक वार्तामा आज बस्नुभएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी दलका नेताले बैठकपछि एकै स्वरमा सञ्चारकर्मीलाई भन्नुभयो, “सहमतिमा संविधान लेखन गर्ने विषयमा दलहरुका बीचमा टुटेको सम्बन्ध आजको वार्तादेखि जोडिएको छ, यो सम्बन्ध टुट्दैन ।”
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया