अन्तिम अवस्थासम्म सहमतिमा जोड दिनुपर्छःनेपाल
पोखरा, २२ फागुन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले सकेसम्म अन्तिम अवस्थासम्म सहमतिबाट संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रेस चौतारी नेपाल गण्डकी अञ्चलले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले अन्तिम अवस्थामा सहमति नै हुन नसके विमतिसहितको सहमतिका लागि वार्ता अघि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले एकीकृत नेकपा (माओवादी) का अध्यक्ष ३० दलीय मोर्चाको चक्रब्यूहमा फसेको र मोर्चाको एक जना बुरुक्क उफ्रेपछि त्यतै लाग्न थालेकाले सहमतिमा आउन नसकेको आरोप लगाउनुभयो ।
संविधान निर्माणमा प्रमुख जिम्मेवारी बोधका साथ काम गर्न सबै राजनीतिक दलसँग आग्रह गर्दै उहाँले भन्नुभयो–“जति ढिलो गर्दै गयो त्यति नै धमिलो पानीमा माछा मार्ने काम हुँदै जान्छ, जनआन्दोलनका उपलब्धि समाप्त हुँदै जाने छ ।”
उहाँले अब राजनीतिभन्दा माथि उठेर आर्थिक विकासका कार्यसूची अघि सार्न सबैसँग आग्रह गर्दै अब नेपालमा कहिल्यै राजतन्त्र फर्कन नसक्ने पनि विचार व्यक्त गर्नुभयो ।
हाल सम्म अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना आवेदन (मिति २०२१ फेब्रुअरी २८ को पुर्बिय समय २३:५९ सम्म अध्यावधिक गरि सक्नुपर्नेछ)
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
अमेरिकाका पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मानव बेचबिखन र यौन अपराधको आरोप लागेपछि मृत भेटिए
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
प्रतिक्रिया