मलेसियामा नेपालीको मृत्यु

इनेप्लिज २०७१ फागुन २२ गते ११:४६ मा प्रकाशित

सुरुङ्गा (झापा), २२ फागुन । दुई वर्ष अगाडि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका झापा बिर्तामोड नगरपालिका–१ स्थित शान्ति टोलका ३८ वर्षीय जीवन सङ्ग्रौलाको आज बिहान मृत्यु भएको छ ।

मलेसियामा सञ्चालित लब इन कम्पनीमा चौकीदारका रुपमा कार्यरत उनको उच्च रक्तचापका कारण आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सङ्ग्रौलाको शव नेपाल ल्याउन आवश्यक पहल भइरहेको मृतक सङ्गौलाकी कान्छी छोरी सुजाताले जानकारी दिनुभयो ।

प्रतिक्रिया