बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०५:१३
वासिङटन डिसी 19:28

आतङककारीद्वारा अफगानिस्तानमा जिल्ला प्रमुखको हत्या

इनेप्लिज २०७१ फागुन २२ गते १०:२० मा प्रकाशित

UKRAINE-RUSSIA-CRISIS-MILITARYकाबुल, २२ फागुन । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा शुक्रबार आतङ्ककारीले एक वरिष्ठ जिल्ला अधिकारीको हत्या गरेका छन् । सरकारी स्रोतले सो जानकारी दिएको छ ।

वार्दाक प्रान्तमा सेयेद आवाद जिल्लाका कार्यकारी प्रमुख इजातुल्लाह खानको आतङ्ककारीद्वारा हत्या भएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

खानलाई आतङ्ककारी समूहले गत मङ्गलबार सेयेद आबाद जिल्लाबाट अपहरण गरेका र उनको हत्या भने छिमेकी प्रान्त चक ई वार्दाकमा भएको विज्ञप्तिमा जनाइएको छ ।

यस हत्याको हालसम्म कुृनै पनि आतङ्ककारी समूहले जिम्मा लिएको छैन । तर यस प्रकारको आक्रमणको प्रायः तालिावानी आतङ्ककारी समूहले जिम्मा लिदै आएका बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलदेखि ३५ किलोमिटर पश्चिममा पर्ने मैदान सार प्रान्तका गभर्नर अब्दुल माजिद खोग्यानीले यस हत्याको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

अफगानिस्तानमा सन् २०१४ मा तालिवानीले जारी राखेको द्वन्द्वको कारण तीन हजार ७०० सर्वसाधारणको मृत्यु हुनुको साथै ६ हजार ८०० घाइते भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया