भारतविरुद्ध खेल्न नेपाली फुटबल टोली घोषणा
काठमाडौं, २२ फागुन । विश्वकप छनोटका लागि भारतसंग खेल्ने नेपाली टीमको घोषणा गरिएको छ ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलन मार्फत कप्तान सागर थापाको नेतृत्वमा भारतसंग खेल्ने नेपाली फुटबल टीम तयारी अवस्थामा रहेको जानकारी दिएको हो । शनिबार नेपाली टोली कोलकत्ता जाँदैछ ।
सन् २०१८ को विश्वकप र २०१९ को एसियन कपको प्रारम्भीक छनोट चरणको खेलमा अब नेपालले मार्च १२ अर्थात फागुन २८ गते भारतको गुहाटीमा भारतसँग खेल्दैछ । दोस्रो चरणको खेल १७ तारिखमा दशरथ रंगशालामा खेल्नेछ ।
नेपाली फुटबल टोलीको गोलरक्षकमा किरण चेम्जाङसागै रितेश थापा र विकेश कुथूलाई जिम्मेवारी दिइएको छ । डिफेन्सको जिम्मेवारी कप्तान सागर थापासँगै, सन्दिप तामाङ, विराज महर्जन, रविन श्रेष्ठ, रन्जित धिमाल, दिनेश राजवंशी र अनन्त तामाङले सम्हाल्नेछन् ।
मिडफिल्डमा जगजित श्रेष्ठ, भोला शिलवाल, राजु तामाङ, विक्रम लामा, शिव श्रेष्ठ, विशाल राई बी र हेमन गुरुङ हुनेछन् ।
नेपाली टोलीको फवार्डमा अनिल गुरुङ, जुमानु राई, सन्तोष साहुखल, भारत खवास, विमल घर्तीमगर र अन्जन विष्ट छन् । शनिवार दिउँसो नेपाली टोली भारतको कलकत्ता प्रस्थान गर्ने एन्फाले जनाएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया