सहमतिबाटै संविधान बनाउन चाहन्छौँ – स्वास्थ्यमन्त्री अधिकारी
दमौली, २२ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज ले आफूहरुले सहमतिबाटै लोकतान्त्रिक संविधान बनाउन चाहेको बताउनुभएको छ ।
प्रेस चौतारी तनहुँको आठौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले संविधान निर्माणमा आफूहरु कसैलाई पनि अपमान वा उपेक्षा गरेर अगाडि बढ्न नचाहेको स्पष्ट पार्नुभयो ।
मन्त्रालयका प्रेस संयोजक सुजन ज्ञवालीले स्वास्थ्य मन्त्रालयले पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य व्यवस्था मिलाउन र स्वास्थ्य क्षेत्रबाट भएका उल्लेखनीय कामबारे जनतालाई जानकारी दिन पाँच वटै विकास क्षेत्रमा पत्रकारका लागि गोष्ठी सञ्चालन गरिएको जानकारी दिनुभयो ।
एमाले नेता किसान श्रेष्ठ, प्रेस चौतारी तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराई र पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष प्रदीप काफ्ले, रिपोटर्स क्लब तनहुँका अध्यक्ष मदन वाग्ले, पत्रकार गोरा मिया, सोनी खनिया, नारायण खड्कालगायतले अब बन्ने संविधानमा पत्रकारको हकहितको प्रत्याभूति हुनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच प्रेस चौतारी तनहुँको आठौँ अधिवेशनकै अवसरमा तनहुँका अग्रज पत्रकार विश्वबन्धु भण्डारी र प्रेस चौतारीका केन्द्रीय सचिव गणेश पाण्डेलाई सम्मान गरियो । रासस
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया