बस दुर्घटनामा पाँचको मृत्यु, ५२ घाइते
काठमाडौँ, २२ फागुन । कास्कीको गुन्टेचौरबाट पोखरातर्फ आइरहेको ग १ ख ४८४९ नम्बरको बस आज बिहान सराङ्कोटको मगरगाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य ५२ जना घाइते भएका छन् ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिप्रका कास्कीका प्रहरी उपरीक्षक हरि बहादुर पालले दिएको जानकारी अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीकोट काउलेका ५० वर्षीय हरि बहादुर खत्री, सोही ठाउँका ४० वर्षीया गोमा लुइँटेल, पोखरा उपमहानगरपालिका–२६ का ५० वर्षीय लेख बहादुर ढकाल, सोही ठाउँका ४५ वर्षीया तारा थापा र १६ वर्षीय दिवस तिमल्सिना रहेका छन् ।
गम्भीर घाइते भएका पोखरा उपमहानगरपालिका–२६ का आठ महिनाका एलिस थापा र वडा नं ६ का २५ वर्षीया सविता खड्कालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको प्रहरी उपरीक्षक पालले बताउनुभयो । गम्भीर घाइते भएका पोखरा उपमहानगरपालिका वडा नं २६ का १८ वर्षीय सुमन थापा र सोही ठाउँका २५ वर्षीय दिन बहादुर ढकाललाई उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ ।
“गम्भीर घाइते दुवै जनालाई उपचारका लागि काठमाडौँ लैजाने तयारीमा छौं,” एसपी पालले भन्नुभयो – “हेलिकप्टरको पर्खाइमा छौं ।” अन्य घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइन्छ ।
बस सडकबाट १ सय ५० मिटर तल खोल्सामा खसेको जिप्रकाले जनाएको छ । रासस
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
एनआरएनए अमेरिकाको चुनावमा उम्मेद्वार हुनेले जनसम्पर्क समितिको पदिय जिम्मेवारबाट राजिनामा दिनु पर्ने
टेक्ससको अस्टिनमा २ महिला र १ पुरुषको गोली हानी हत्या गर्ने पूर्व प्रहरी जासुस अझै फरार
प्रतिक्रिया