अन्तर्राष्ट्रिय उडान शनिबर बिहान १० बजेसम्म स्थगित
काठमाडौँ, २२ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दुर्घटनापछि अवरुद्ध धावनमार्ग खुलाउन अझै समय लाग्ने भन्दै शनिबार बिहान १० बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ ।
बुधबार टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ को विमान अवतरणका क्रममा दुर्घटनापछि अवरुद्ध धावनमार्ग खुलाउन थप समय लाग्ने विमानस्थलले पत्रकार सम्मेलनमा जनाएको हो । अवरुद्ध धावनमार्ग खुलाउन भारतबाट ल्याइएको उपकरणसहित विज्ञ टोलीले काम सुरु गरे पनि अझै समय लाग्ने कार्यालयले बताएको छ ।
टर्किस एयरलाइन्सको विमान दुर्घटना भएदेखि नै अवरुद्ध धावनमार्ग खुलाउन त्यस क्षेत्रमा दक्ष जनशक्ति र उपकरणको प्रयोग गरी युद्धस्तरमा काम भइरहे पनि विमान हटाउन जटिल भएकाले समय लागेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले बताउनुभयो ।
मुलुकको जनशक्ति र उपकरणबाट विमान हटाउन सम्भव नभएपछि भारतीय विशेष विमानमार्फत बिहीबार मात्रै विमानलाई सुरक्षित रुपमा उठाउने उपकरण (एयर ब्याग) सहित २५ जनाको विज्ञ टोली आएको थियो । विमानस्थलको प्रारम्भिक अनुसन्धानअनुसार कमजोर ‘भिजिबिलिटी’का कारणले बुधबार बिहान सो विमान दुर्घटना भएको अनुमान गरिएको छ । रासस
हाल सम्म अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना आवेदन (मिति २०२१ फेब्रुअरी २८ को पुर्बिय समय २३:५९ सम्म अध्यावधिक गरि सक्नुपर्नेछ)
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
अमेरिकाका पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मानव बेचबिखन र यौन अपराधको आरोप लागेपछि मृत भेटिए
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
प्रतिक्रिया