एमआरपी पासपोर्टका लागि घुम्ती टोली
मेरिल्यान्ड (अमेरिका), २२ फागुन । अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकामा बसोवास गरिरहेका नेपालीका लागि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) समयमै प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले यहाँस्थित विभिन्न राज्यमा घुम्ती टोली पठाएको छ ।
हस्तलिखित राहदानीको प्रयोग गर्ने अवधि सकिँदै गर्दा दूतावासले यस्तो पहल थालेको हो ।
विभिन्न राज्यहरू र कन्टिनेन्टको आवश्यकता र स्थानीय नेपाली समुदायको मागअनुरुप टोली पठाउने कार्य जारी रहेको अमेरिकाका लागि कार्यवाहक राजदूत ऋषिराम घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार एनआरएनलगायत विभिन्न राज्यमा रहेका नेपाली सङ्घसंस्थाको अग्रसरतामा फारम पठाई जिम्मा लगाउने र टोली पठाउने गरिएको छ ।
त्यसैगरी हालै मेरिल्यान्ड, भर्जिनिया बासिङ्गटनमा घुम्ती टोलीद्वारा एमआरपी पासपोर्ट फारम वितरण कार्य सम्पन्न भयो । दूतावासका काउन्सुलर नारायण मैनालीका अनुसार मेरिल्याण्डको बाल्टिमोरमा गएको टोलीमा सयजना नेपालीले एमआरपीका लागि फारम लगेका थिए ।
पासपोर्ट लिन परेका निवेदनहरूमा करिब आधा जति फारम भर्दा नमिलेको, फोटोको नाप नमिलेको र फारम नै नभरेको आउने गरेको काउन्सुलर मैनालीले बताउनुभयो ।
दूतावासले एमआरपी पासपोर्टका सम्बन्धमा गतवर्षदेखि नै दूतावास, दूतावासको वेभसाइट र नेपाली विद्यार्थी अध्ययनरत विश्वविद्यालयमा सूचना जारी गरेको जनाएको छ ।
शरणार्थीका रुपमा बसेकाहरूको राहदानी फिर्ता
अमेरिकामा शरणार्थीको अवस्थामा बसोवास गरिरहेका नेपालीहरूको राहदानी फिर्ता गरेको अमेरिकास्थिति नेपाली दूतावासले जनाएको छ ।
नेपाली नागरिकको पासपोर्टमा शरणार्थी भनी उल्लेख भएको भेटिएपछि दूतावासमा आएका त्यस्ता राहदानीको अभिलेख राखी सम्बन्धित व्यक्तिलाई राहदानी फिर्ता गरिएको हो ।
न्युयोर्कको कन्सुलर र नेपाली दूतावासबाट गरी हजारौँ राहदानी फिर्ता भइसकेका छन् । यस विषयमा सम्बन्धित मन्त्रालय र निकायमा जानकारी भइसकेको र निर्णय नभएसम्मका लागि राहदानीको अभिलेख राखी सम्बन्धित व्यक्तिलाई राहदानी फिर्ता गरिएको जानकारी कार्यवाहक राजदूत घिमिरेले जानकारी दिनुभयो ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
प्रतिक्रिया