तराई र पहाडलाई छुट्याउने विषयमा सहमति हुँदैन: अध्यक्ष ओली
काठमाडौँ, २१ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सङ्घीयताका नाममा तराई र पहाडलाई छुट्याउने कुरा राष्ट्रविरोधी भएको भन्दै देशलाई दीर्घकालीन अहित हुने सवालमा आफ्नो पार्टी सहमत नहुने बताउनुभएको छ ।
यदु स्मृति प्रतिष्ठानले स्थापना गरेको पत्रकारिता पुरस्कार वितरण तथा १६औं यदु स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष ओलीले संविधान निर्माणका क्रममा आफूहरू सकेसम्म सहमतिको पक्षमा रहेपनि राष्ट्रियता र लोकतान्त्रिक मूल्यमान्यतालाई छाडेर कुनै सहमति नहुने स्पष्ट पार्नु भयो ।
संविधानसभामा केवल संविधान निर्माणको कानुनी प्रक्रिया मात्र प्रारम्भ भएको जनाउँदै उहाँले प्रश्न गर्नुभयोे, “बहुमतीय प्रक्रिया प्रारम्भ भएको भनेर जनतामा भ्रम छर्ने काम गरिएको छ, के अल्पमतीय प्रक्रियाबाट वा सर्वसम्मत प्रक्रियाबाट संविधान बन्छ ?”
नेपाली काँग्रेस र एमालेले एमाओवादी नेतृत्वको मोर्चालाई संविधानसभा छाडेर नजान र सहमतिमा आउन भनिरहेको भए पनि केही बुद्धिजीवीले सत्तापक्षले वार्ताको वातावरण बिगारेको भन्ने टिप्पणीबाट आफू आश्चर्यमा पर्ने गरेको अध्यक्ष ओलीको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘देशलाई साँढे सातको दसा लागेका बेला हिंसात्मक राजनीतिबाट आएको एमाओवादी प्रथम संविधानसभामा पहिलो पार्टी बन्यो, अब त्यस्तो भूल जनताले गर्ने छैनन् ।”
विस २०५६ सालको संसदीय निर्वाचनमा रुकुम क्षेत्र नं. २ का एमालेका उम्मेदवार तथा जिल्ला सचिव रहनुभएका यदुकुमार गौतमलाई तत्कालीन नेकपा (माओवादी) कार्यकर्ताले जिल्लाको गरायला भन्ने ठाउँमा हत्या गरेका थिए ।
उहाँको स्मृतिमा स्थापित रु १५ हजार राशीको सो पुरस्कार यस वर्ष अन्नपूर्ण पोष्टका पत्रकार बालकुमार नेपाललाई प्रदान गरियो ।
कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य शङ्कर पोखरेल, पोलिटब्युरो सदस्य प्रकाश ज्वाला, केन्द्रीय सदस्य सूर्य थापा, गौतमकी धर्मपत्नी तथा पूर्वसांसद् तीर्था गौतमलगायतले यदुकुमार पार्टी, लोकतन्त्र र जनताको निष्ठाका लागि सहिद भएकाले उहाँका सपनालाई पूरा गर्न अधि बढनुपर्नेमा जोड दिनुभएको थियो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया