सुन्तला बिक्री नहुँदा कृषक चिन्तित

इनेप्लिज २०७१ फागुन २१ गते १०:५६ मा प्रकाशित

orange_20141109090127सल्लेरी (सोलुखुम्बु), २१ फागुन । सोलुखुम्बु जिल्लाको देउसा क्षेत्रमा सुन्तला बिक्री नहुँदा कृषक चिन्तित हुन थालेका छन् ।

केही वर्ष अघिसम्म बोटसँगै मोलतोल हुने सुन्तला पछिल्लो समयमा बिक्री हुन छाडेपछि त्यस भेगका कृषक चिन्तित हुन थालेका हुन् । बोटमै सुन्तला किन्न आउने गरेका ठेकेदारको बाटो हेर्दाहेर्दै सुन्तला झर्न थालेको स्थानीय कृषक राजकुमार राई बताउनुहुन्छ ।

“पोहोर सालदेखि सुन्तला बिक्री हुन छाडेको छ, दुःख गरेर फलाएको सुन्तला यसपटक पनि बिक्री नहुँदा चिन्तित छौँ”, उहाँले भन्नुभयो । अब सुन्तला बिक्री गरेर आम्दानी गरौँला भन्ने आशा मरिसकेको राईको भनाइ छ ।

सुन्तला टिपेर सञ्चित राख्न सकिने अवस्था नभएको स्थानीय कृषक रणमाया राई बताउनुहुन्छ । हाटबजार पु¥याउन हिँडेर दुईदेखि तीन दिनसम्म लाग्ने भएकाले सुन्तला बिक्री गर्न नसकेको उहाँले बताउनुभयो ।

सुन्तला बिक्री नभएपछि अघिल्लो वर्ष देउसा क्षेत्रमा सुन्तला महोत्सवको आयोजना गरी १० हजार दाना सुन्तला निःशुल्क रूपमा वितरण गरिएको थियो ।

प्रतिक्रिया