वैशाखभित्र बजेट पेस गर्ने लक्ष्यका साथ तयारी थाल्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ, २१ फागुन । अर्थमन्त्री डा रामशरण महतले आगामी आर्थिक वर्षको बजेट वैशाखभित्र पेस गर्ने लक्ष्यका साथ तयारी थाल्न अर्थमन्त्रालयका सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
बजेट महाशाखासहित मन्त्रालयका वरिष्ठ कर्मचारीसँग आज भएको छलफलमा उहाँले विकास निर्माण तथा पूर्वाधारका काम पूरा गर्दै जाने सोचका साथ आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्न निर्देशन दिनुभएको हो ।
उहाँले बजेट निर्माणमा कार्यसूची बनाएरै तयारीका काम अगाडि बढाउनुपर्नेमा जोड दिँदै अर्थमन्त्रीले अन्य मन्त्रालयसँग कार्यक्रम र बजेटको प्रस्ताव माग्न पनि आग्रह गर्नुभयो ।
जथाभावी कार्यक्रमहरु समावेश नगर्न सुझाउँदै उहाँले सम्भाव्यता अध्ययन भइसकेका र कार्यान्वयन गर्न सकिने कार्यक्रम अगाडि बढाउनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “टुक्रे कार्यक्रमहरुलाई बजेटमा धेरै ठाउँ नदिनोेस् ।”
काठमाडौँ र तराईलाई जोड्ने द्रुतमार्गको सम्झौता अगाडि बढाउनुपर्ने तथा विकास निर्माणका लागि छुट्याएको बजेट निकासामा अर्थमन्त्रालयका तर्फबाट कुनै ढिलाइ नगर्न भन्दै खर्च भए÷नभएको निगरानी गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिनुभएको उक्त मन्त्रालयले जनाएको छ ।
छलफलका क्रममा अर्थसचिव सुमनप्रसाद शर्मा, मन्त्रालयअन्तर्गतका सबै महाशाखाका प्रमुखको सहभागिता रहेको थियो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया