जन्ती बोकेको जिप पल्टिँदा एघार घाइते

इनेप्लिज २०७१ फागुन २१ गते १०:४२ मा प्रकाशित

accident-signसुरुङ्गा (झापा), २१ फागुन । मेची राजमार्गअन्तर्गत झापाको धाइजनमा आज जन्ती बोकेको जिप पल्टिँदा ११ जना घाइते भएका छन् ।

इलामको एकतप्पाबाट बेहुली लिएर मोरङको मधुमल्लातर्फ जाँदै गर्दा मे १ज ५०० नंको जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेमध्ये नौको चारआलीस्थित मनकामना अस्पताल र दुईको कन्काई अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप र चालकलाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया