रङहरूको चाड ‘फागुपूर्णिमा’ मनाइँदै
काठमाडौँ, २१ फागुन । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा आज पहाडी भेगमा हर्ष र उल्लासका साथ मनाइँदै छ ।
वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो पर्व एकार्कामाथि विभिन्न प्रकारका रङहरू लगाइदिएर मनाइन्छ । पूर्णिमाको अघिल्लो दिन बुधबार राति होलिका दहन गरेपछि बिहानैदेखि आफन्त साथीभाइलाई रङ लगाएर होली मनाइएको छ । होलीका कारण काठमाडौँ उपत्यकामा आज सवारी साधन सीमित मात्रामा चलेका भए पनि विगतका वर्षमा भन्दा यस वर्ष भव्य र सभ्य रुपमा होली मनाइएको सर्वसाधारणको धारणा छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेष रूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरु भएको मानिने र पूर्णिमाको रात (आज)मा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको मानिन्छ ।
काठमाडौँको वसन्तपुर र ठमेल क्षेत्रमा विभिन्न सङ्घसंस्थाको आयोजनामा होली मनाइएको छ । ठमेललगायत क्षेत्रमा विदेशी पर्यटकले पनि रमाइलोका साथ होली मनाएका छन् । विश्वविद्यालय क्याम्पस कीर्तिपुरसहित उपत्यका विभिन्न क्याम्पसमा विद्यार्थी सङ्गठनले सामूहिक रुपमा होली मनाएका छन् । तराईमा भने शुक्रबार होली पर्व मनाइन्छ ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया