ओलीबाट वामपन्थी एकतामा जोड
काठमाडौँ, २१ फागुन । नेकपा (एमाले) केन्द्रीय कमिटीका थप वैकल्पिक सदस्यलाई आज सपथ गराएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा वैकल्पिक सदस्य खगेन्द्र चुँडाल, देवशङ्कर पौडेल, मानबहादुर जिसी, रूपनारायण श्रेष्ठ, झपट रावल, डा देउमान सम्बाहाम्फे र भाष्कर काफ्लेलाई सपथ गराएइको हो । मनोनीत वैकल्पिक सदस्य प्रल्हाद गिरी भने उपस्थित हुन सक्नुभएन ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले ती सदस्यलाई सपथ गराउँदै पार्टीप्रति निष्ठावान् भई देश र जनताको सेवा गर्न आग्रह गर्नुभयो । उहाँले देशमा छरिएका विभिन्न वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– “अहिले सहमतिमा संविधान निर्माणका लागि प्रयत्न भइरहेको छ, त्यसो हुन नसकेमा प्रक्रियामा गएर पनि संविधान जारी गरी देशलाई अन्योलबाट मुक्त गर्नुपर्छ ।”
पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा गठित शीर्ष नेता सम्मिलित कार्यदलको सुझावका आधारमा मङ्गलबार आठ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो । एमाले केन्द्रीय समितिमा अब १८० पुगेका छन् ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया