दक्षिण कोरियामा अमेरिकी राजदुतमाथि सांघातिक आक्रमण
इनेप्लिज
२०७१ फागुन २१ गते ४:१३ मा प्रकाशित
काठमाडौं, २१ फागुन । अमेरिकी राजदुतमाथि दक्षिण कोरियामा सांघातिक आक्रमण भएको छ ।
दक्षिण कोरियाका लागि अमेरिकी राजदुत मार्क लिपर्टमाथि राजधानी सोलमा आक्रमण भएको हो । आक्रमणमा परी ब्रेकफास्ट मिटिङमा सहभागी राजदुत ४२ वर्षीय लिपर्टको मुहार र देब्रे हात काटिएको छ ।
उनलाई आक्रमणकारीले गाला र हातमा ब्लेडले काटेका छन् । आक्रमण लगत्तै राजदुत लिपर्टलाई अस्पताल लगिएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले एक ५५ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ । आक्रमणकारी पूर्व विद्रोही लडाकु भएको पुष्टि भएको छ ।
उनले आक्रमणको क्रममा उत्तर र दक्षिण कोरिया पुन एकीकरण हुनुपर्ने नारा लगाएका थिए । अमेरिकी सेनाका कारण उत्तर कोरिया र दक्षिण कोरियाबीच एकीकरण हुन नसकेको जनाइएको छ ।
ट्रम्प उडे फ्लोरिडा,मेरील्याण्डबाट दिए अन्तिम मन्तव्य
ट्रम्प व्हाइट हाउस छोड्दै ,बाइडेन ४६ औ राष्ट्रपतिको सपथ लिदै
कमला ह्यारिसले एएपिआईका समर्थकहरू दिईन धन्यवाद
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
प्रतिक्रिया