शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ००:०४
वासिङटन डिसी 14:19

प्रधानमन्त्रीद्वारा फागु पूर्णिमाको शुभकामना

इनेप्लिज २०७१ फागुन २१ गते २:४९ मा प्रकाशित

imagesकाठमाडौँ, २१ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले फागु पूर्णिमा अर्थात होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

हाम्रा चाडपर्वहरुले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सन्देशमा नेपाली समाजलार्ई एकताबद्ध गर्न र आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरÔण र सम्बर्धन गर्न पनि अभिप्रेरित गरिरहेको छ भन्नु भएको छ ।

असत्यमाथि सत्य र खराबमाथि असल पÔको विजयको रुपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व हो भन्दै उहाँले रङ्गको पर्व मानिने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन पनि प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया