बुधबार, मंसिर १० २०७७
काठमाडौं १६:१०
वासिङटन डिसी 05:25

एच४ भिषामा रहेका आश्रितहरुले पनि अमेरीकामा काम गर्न पाऊने।

इनेप्लिज २०७१ फागुन २१ गते १:५८ मा प्रकाशित

 

images

अमेरीकी अद्यागमन विभागका निर्देशकले २४ फेब्रृअरी २०१५ मा जारी गरेको सुचना अनुसार आऊदो २६ मे २०१५ देखि अमेरीकामा एच१बी अस्थायी कामदारको भिषामा काम गरिरहेका र तोकीएको शर्त पुरा गर्ने कामदारका पत्नी वा पतीलाई काम गर्न पाऊने एच४ नामक भिषा दिने जानकारी गराईएको छ। यसरी एच४ भिषा पाऊने एच१बी भिषामा रहेका कामदारका पत्नी वा पतीले अमेरीकामा काम गर्ने अनुमतीका लागि अमेरीकी अद्यागमन बिभाग समक्ष आई ७६५ नामक फाराममा तोकीएका शर्तहरु पुरा गरी लाग्ने दस्तुर सहित निवेदन गर्न सक्दछन।

एच१बी भिषा भनेको समान्यतया अमेरीकाको मान्यता प्राप्त विश्वविद्यालयबाट प्रोफेशनल बिषयमा ब्याचलर।माष्टर डिग्री वा अमेरीकी सरकारद्धारा मान्यता प्राप्त विदेशी विश्व विद्यालयबाट सो सरहको शिक्षा प्राप्त गरेका विदेर्शीहरुलाई अमेरीकी कामदारले H-1B मा स्पोन्सर गरेमा आफनो स्टाटसलाई अमेरीकीमा रहदा नै परिवर्तन गराई ६ बर्ष सम्म अमेरीकामा काम गर्न पाऊने अस्थायी भिषा हो।

प्रोफेशनल डिग्री भन्नाले अध्ययन पश्चात विद्यार्थीले प्राक्टीकल टूुेनिंग गर्नुपर्ने बिषयमा शिक्षा प्राप्त गरेको हुनु पर्दछ। शिक्षा र प्राक्टीकल टूुेनिंग चाहिने बिषयहरुमा कमप्युटर, ईन्जिनियरिंग, कानुन व्यवसाय, एकाउण्टेण्ट आदि पर्दछन। के कुन विषयहरु प्रोफेशनल डिग्री अन्र्तगत पर्दछन भन्ने कुराको निर्णय भने अमेरीकी श्रम बिभाग र अध्यागमन बिभागले रोजगारदाता, कामको प्रकृती अनुसार कामदारले सम्पदान गनुपर्ने कामहरुलाई आधार मानेर पर्ने गर्दछन।

एच१बी भिषाका लागि अमेरीकी सरकारले प्रत्येक बर्षका लागि उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था, यो संस्थासंग आवद्ध भएका अस्पताल अनि मुनाफरहित उद्देस्यबाट स्थापित भएका अनुसन्धान गर्ने निकाय बाहेकका अन्य अमेरीकी रोजगारदाताहरुले अमेरीकी कामदार नपाएको अवस्थामा कति संख्यामा विदेशी कामदारलाई एच१बी स्टाटसमा राख्न पाऊने भनि भिषाको कोटा निर्धारण गरेको हुन्छ। र यसरी निर्धारण गरेको कोटामा नबढने गरी प्रत्येक बर्षको अप्रिल १ तारेखबाट निवेदन दर्ता गराऊन पाऊने व्यवस्था अमेरीकी अद्यागमन बिभागले गर्दछ। यस्का लागि हाल माष्टर डिग्रीका लागि २० हजार र ब्याचलर डिग्रीका लागि ६५ हाजारको कोटा निर्धारण गरिएको छ। सामान्यता अप्रिलको पहीलो हप्तामा नै तोकीएको भन्दा बढी निवेदन पर्ने हुदा अद्यागमन बिभागले चिठृाको माध्यमबाट तोकिएको संख्यामा नबढने गरी निवेदनहरु छनौट गर्दछ र प्रमाण पुगेका निवेदनहरु सोही बर्षको अक्टोबर १ तारेखबाट लागु हुने गरी एच१बी भिषा स्वीकृत गर्ने गर्दछ। तर कोटा भित्र नपर्ने अमेरीकी कामदारहरुले भने जहिले पनि एच१बी भिषाको लागि बिदेशी कामदारलाई स्पोन्सर गर्न सक्दछ। अमेरीकी अद्यागमन बिभाग समक्ष एच१बी भिषाको निवेदन दिनु भन्दा अगाडी अमेरीकी सरकारको श्रम बिभागबाट एलसिए अर्थात लेबर सर्टिफिकेशन एप्लीकेशन स्वीकृन गराएको हुनु पर्दछ।

राष्ट्र्पती ओबामाले नोभेम्बर २०१४ मा जारी गरेको कार्यकारी आदेशमा यो सुविधा पनि दिईने घोषणा गरेका थियो। अमेरीकी प्रतिनिधिसभा काग्रेसले सुधारात्मक अद्यागमन विललाई पारीत हुन नदिएको कारणले गर्दा राष्ट्र्पतिले आफनो कार्यकारी अधिकार प्रयोग गरि यस्तो अस्थायी रुपको सुविधा दिनु परेको हो। यस्तो प्रावधानको अभावमा एच१बीमा अस्थायी रुपबाट काम गर्ने कामदारका पती वा पत्नीले अमेरीकामा ६ बर्ष भन्दा पनि बढी समयसम्म पती वा पत्नीका साथमा रहेर बस्ता पनि काम गर्ने अनुमति नपाऊदा शिक्षित र दक्ष जनशक्ति अनुत्पादक रहेर बस्नु परेको अवस्था थियो।

यो व्यवस्था अनुसार सबै एच१बी अस्थायी भिषामा अमेरीकामा काम गरिरहेका कामदारका पत्नी वा पतीले अमेरीकामा अस्थायी रुपबाट काम गर्न पाऊने एच४ भिषा पाऊछन भन्ने होईन। यो एच४ भिषा पाऊनका लागि यात १। एच१बीमा रहेको अस्थायीकामदारको स्थायी कामदारका लागि रोजगारदाताबाट अमेरीकी अद्यागमन बिभाग समक्ष पेश गरिएको आई १४० भिषाको निवेदन स्वीकृत भएको तर भिषाको प्राओरीटी डेट नआईसकेको वा २। एच१बीमा बस्न पाऊने अत्यधिक समय ६ बर्षसम्म काम गरिरहेको तर निजको लागि अमेरीकी रोजगारका तर्फबाट ग्रिनकार्डका लागि अमेरीकी श्रम विभाग वा अमेरीकी अद्यागमन विभाग समक्ष चलाईएको कार्वाही ३६५ दिन भन्दा बढी समय सम्म पनि निर्णय नभएको कारणले एच१बी भिषाको म्याद थपिईरहेको अबस्था विद्यमान रहेको हुनु पर्दछ।

अमेरीकी अद्यागमन विभागका अनुसार एच१बी भिषामा रहेका कामदारका आश्रित पत्नी वा पतीले कामगर्ने अनुमति पाएका पहिलो बर्षमा करिब १९७ हजार ६०० र त्यसपछिका बर्षहरुमा ५५ हजार व्यक्तिहरुले यो सुविधा पाऊन सक्दछन। यो सुविधा पाऊनका लागि निवेदन सुरु हुने समय २६ मे २०१५ बाट मात्र भएको हुदा त्यो भन्दा अगाडी कसैले निवेदन दिएमा त्यस उपर कार्वाही हुदैन।

ंबिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा ईजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा[email protected]/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ।

प्रतिक्रिया