नेपाली कराते टोलीको बिदाइ
इनेप्लिज
२०७१ फागुन २० गते १४:१७ मा प्रकाशित
काठमाडौँ, २० फागुन । बेलायतको लन्डनमा हुने ‘युके ओपन सेमिनार’मा सहभागी हुन जाने दुई खेलाडीसहित चार सदस्यीय नेपाली कराते टोलीलाई आज बिदाइ गरियो ।
यही फागनु २३ र २४ गते हुने उक्त गोष्ठीमा सहभागी हुने टोलीलाई सफलताको शुभकामना दिँदै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आज यहाँ एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
सहभागी खेलाडीमा विनोद महर्जन र मुकुन्द महर्जन छन् । दुवै राष्ट्रिय कराते खेलाडी हुन् । त्यस्तै प्रशिक्षकमा सोभितराज प्रसाईं हुनुहुन्छ ।
त्यस्तै, टोलीको नेतृत्व पूर्व कराते खेलाडी एवम् राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले गर्नुहुनेछ । दुई दिनसम्म सञ्चालन हुने उक्त गोष्ठीमा विभिन्न ६० राष्ट्रको सहभागिता रहने राखेपका पूर्व कोषध्यक्ष महर्जनले जानकारी दिनुभयो । उक्त टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछन् ।
न्युयोर्कको म्यानह्याटनमा गोली हानी ३६ बर्षिय मानिसको हत्या
भर्जिनियामा ५ बर्षिय बालक अपहरणमा परेपछि प्रहरीद्वारा एम्बर सतर्कता जारी
अमेरिकामा एकैदिनमा १ लाख ३७ हजार कोरोनाबाट सक्रमित,१ हजार ३ सयको मृत्यु
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रतिक्रिया