एनआरएन एनसीसी, अमेरिकाको बोर्ड सदस्यमा सीता उप्रेती प्रसाईंले उम्मेदवारी दिने
आदरणीय बुबा-आमा, दाजु -भाई तथा दिदि- बहिनिहरु
सर्वप्रथम अन्तरास्ट्रिय महिला दिवसको यस घडीमा सम्पूर्ण दिदि बहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
विगतका वर्षहरु झैँ यस पाली पनि हामी अन्तरास्ट्रिय महिला दिवसको पुर्व घडीमा छौ । खासगरी महिला समानता र अधिकारका लागि विश्वब्यापी सताब्दियौदेखिको यो लडाई आज सम्म निरन्तर जारी छ । यद्धपी महिला दिदि बहिनिहरु प्रति हुने अन्याय , अत्याचार र हिंसाका नया शृंखलाहरु क्रमिकरुपमा बढिरहेका छन ।
गत महिना मात्रै हाम्रो मातृभूमि नेपालमा ७ वर्षीय बालिकामाथि भएको बलात्कार तथा दुइ किशोरिमाथिको एसिड आक्रमण जस्ता क्रुर अमानवीय हर्कतको जति निन्दा गरे नि कमै हुन्छ । यी र यस्तै घटनाबाट प्रताडित बन्न पुग्नु भएका सम्पूर्ण दिदि बहिनिहरु प्रति न्यायका लागि जोडदार माग गर्दै उहाहरुको निम्ति विस्वब्यापी आवाज उठाउन हार्दिक अनुरोध गर्दछु । यी र यस्ता घटना त प्रतिनिधि मात्र हुन् । प्रतिकार र न्यायका लागि जब सम्म हामी दिदि बहिनिहरु नै अग्रसर हुँदैनौ तबसम्म हामी माथि हुने यस्ता अमानवीय घटनाको शिकार बनि नै रहनु पर्दछ ।
हरेक तह-तप्कामा हामीले हाम्रो अस्तित्व स्थापित गर्नु आजको आवस्यकता हो । जबसम्म हामीले हाम्रो अस्थित्व स्थापित गर्दैनौ तव सम्म यी र यस्ता दिवशको कुनै सार्थकता रहन्न । आसन्न एनआरएन एनसीसी – युएसएको नया कार्य समिति छनौट प्रक्रियामा प्रतिस्पर्धात्मक रुपमा सहभागिता जनाउदै अमेरिका मा रहनु भएका दिदि बहिनिहरुले अस्थित्व स्थापनाकालागि जुन आँट, उत्साह तथा जोश पैदा गर्नु भएको छ यो स्वागतयोग्य छ र आवस्यकता पनि हो ।
महिला र पुरुष एक रथका दुइ पांग्रा हुन् एक बिना अर्को असम्भव छ । एनआरएन एनसीसी – युएसएको नया कार्य समितिमा पनि यी दुइ पांग्राको समान उपस्थिति भए सुनमा सुगन्ध हुने थियो । अनि मात्र तपाई हाम्रा समान साझा मुद्दा साझा रुपमा नै उठाउन सक्ने थियौ । नेतृत्वमा महिलाको उपस्थिति र अस्थित्व हामी आफैले स्थापित गर्ने हो त्यसैले “नेतृत्वमा महिला सहभागिता – आजको आवस्यकता ” भन्ने मूल मर्म बोकेर लस एञ्जलस निवासी म सिता उप्रेती प्रसाई, एनआरएन एनसीसी – युएसएको नया कार्य समितिका लागि बोर्ड सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दछु ।
संस्थाको बिधि विधान शिरोधार्य गर्दै नया नेतृत्वमा चयन हुने पधादिकारी तथा सदस्यज्युहरु संग साझा उद्देस्य प्रप्तिकालागी सामुहिक हातेमालो गर्ने प्रतिबद्दता ब्यक्त गर्दै सम्पूर्ण पत्रकार मित्र , संचार माध्यम , मेरा शुभचिन्तक , एनआरएन एनसीसी – युएसएका साधारण तथा आजीवन सदस्यहरु , एनआरएन एनसीसी – युएसएका सल्लाहकारहरु , एनआरएन एनसीसी – युएसएका अग्रज व्यक्तित्वहरु तथा आमा- बुबा, दाजु -भाई तथा दिदि – बहिनीहरु संग सहयोग , सद्भाव र प्रेमको आशा गर्दछु ।
धन्यवाद
सिता उप्रेती प्रसाई
उम्मेदवार , बोर्ड सदस्य , एनआरएन एनसीसी – युएसए
लस एञ्जलस
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया