दिल्लीमा केजरीवालले राजिनामा दिए
इनेप्लिज
२०७१ फागुन २० गते १०:०४ मा प्रकाशित
काठमाडौं, २० फागुन । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको संयोजक पदबाट राजिनामा दिएका छन् ।
बुधबार पार्टीको राष्ट्रिय कार्यकारिणीको बैठकमा मुख्यमन्त्री केजरीवालले पार्टीभित्र संयोजक पदका लागि विवाद भएपछि बाध्य भएर राजिनामा दिएका हुन् ।
मुख्यमन्त्रीको व्यस्तताले पार्टीलाई समय पनि दिन नसकेकाले राजिनामा दिएको केजरीवालले भारतीय सञ्चारमाध्यमलाई भनेका छन् । केही समयदेखि नेताहरुले केजरीवालको नीतिप्रति असन्तुष्ट जनाउँदै पार्टीमा विवाद बढाएका थिए ।
प्रतिक्रिया