दलीय सहमतिमा संविधान आउने : कांग्रेस प्रवक्ता बडू
दार्चुला, २० फागुन । माओवादीलाई साथ लिएर सहमतिको संविधान बनाउन नेपाली काँग्रेस र एमाले प्रतिबद्ध रहेको नेपाली काँग्रेसका प्रवक्ता दीलेन्द्र बडूले बताउनुभएको छ ।
लाली गाविसको गाउँ बस्ती भेटघाट कार्यक्रममा बोल्दै उहाँले सत्तापक्ष र विपक्षी मोर्चासँग संविधानका अन्तरवस्तुमा छलफल भइरहेकाले संविधान निर्माणमा ढिलाइ भएको बताउनुभयो ।
हामीबीच सङ्घीयता र राज्यको पुनःसंरचना प्रमुख दुई विषयमा विवाद रहेको बताउँदै नेता बडूले भन्नुभयो, “माओवादीलगायत संविधानसभा बाहिर रहेका दललाई समेत संविधान निर्माणमा सहभागी गराएर छिटोभन्दा छिटो संविधान जारी गर्छौँ ।”
सत्तापक्षसँग प्रक्रियामा गएर संविधान निर्माण गर्न बहुमत भए पनि सबै पक्षलाई समेटेर सहमतिको संविधान बनाउन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले पहल गरिरहेको उहाँले बताउनुभयो ।
“प्रक्रियामा गएर संविधान निर्माण गर्न स्पष्ट बहुमत छ”, उहाँले भन्नुभयो, “बहुमतमा संविधान बनाउँदा दिगो हुँदैन ।” सबै पक्षलाई समेटेर लामो समयसम्म टिक्ने संविधान बनाउन काँग्रेस नेतृत्व लागिपरेको प्रवक्ता बडूको भनाइ छ ।
त्यस्तै महाकाली भेगको सडक निर्माण र लालीमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल राख्न आफू पहल गरिरहेको उहाँले बताउनुभयो । उहाँले भर्तोला–लाली सडक खण्ड र महाकालीमा नदीमाथि झोलुङ्गे पुल राख्न सम्बन्धित निकायमा पहल गरिरहेछु ।
भर्तोला–लाली सडक खण्डको डिपीआर बनाइ निर्माण गरिने र महाकाली नदीमाथि पुल छिटो राख्न भारतीय राजदुतावाससित पहल गरी चालु आवमा प्रक्रिया अगाडि बढाइनेमा आफू विश्वास रहेको स्थानीय नागरिकलाई जानकारी गराएको महासमिति सदस्य मदन गिरीले बताउनुभयो ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया