टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटना, सबै यात्रु सकुशल
इनेप्लिज
२०७१ फागुन २० गते ५:५० मा प्रकाशित
टर्कीको इस्तानबुलबाट २२७ यात्रु बोकेर काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।
विमान पहिलोपटक अवतरण गर्न खोज्दा असफल भएपछि दोस्रोपटक पुनः अवतरण गर्न खोज्दा अनियन्त्रित भई धावनमार्गबाट बाहिर घाँसे मैदानतिर गएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी चार जना सामान्य घाइते भएका छन् भने अरु सबै यात्रु सकुशल रहेको त्रिभुवन विमानस्थलका प्रबन्धक पूर्ण चुडालले जानकारी दिनुभयो ।
विमान आपत्कालीन अवतरण गरेलगत्त विमानको एमर्जेन्सी ढोका खोलेर सबै यात्रुलाई बाहिर निकालिएको थियो ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा
एफबिआईद्वारा सदनमा भएको दंगाका १ लाख ४० हजार तस्बिर/भिडियो संकलन,२७५ वटा फौजदारी अनुसन्धान सुरु
अमेरिकामा एकैदिनमा २ लाख ९ हजार सक्रमित,३ हजार २ सयको मृत्यु
प्रतिक्रिया