टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटना, सबै यात्रु सकुशल
इनेप्लिज
२०७१ फागुन २० गते ५:४६ मा प्रकाशित
काठमाडौँ, २० फागुन । टर्कीको इस्तानबुलबाट २२७ यात्रु बोकेर काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।
विमान पहिलोपटक अवतरण गर्न खोज्दा असफल भएपछि दोस्रोपटक पुनः अवतरण गर्न खोज्दा अनियन्त्रित भई धावनमार्गबाट बाहिर घाँसे मैदानतिर गएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी चार जना सामान्य घाइते भएका छन् भने अरु सबै यात्रु सकुशल रहेको त्रिभुवन विमानस्थलका प्रबन्धक पूर्ण चुडालले जानकारी दिनुभयो ।
विमान आपत्कालीन अवतरण गरेलगत्त विमानको एमर्जेन्सी ढोका खोलेर सबै यात्रुलाई बाहिर निकालिएको थियो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया