बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं १६:०७
वासिङटन डिसी 06:22

गैँडाको आक्रमणमा मृत्यु

इनेप्लिज २०७१ फागुन २० गते ३:१६ मा प्रकाशित
rhinoरत्ननगर (चितवन), २० फागुन । चितवनको माडीमा आज बिहान निकुञ्जबाट निस्किएको गैँडाले हानेर एक पुरुषको मृत्यु भएको छ ।

बिहान करिव ५ बजे माडी नगरपालिका १० स्थित घाँगर खोला नजिकै गैँडाले हानेर स्थानीय ३५ वर्षीय धनबहादुर कुमालको मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बिहान नजिकैको गाउँ जीवनपुरबाट घरतर्फ आउने क्रममा बाटोमा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका कुमालको उपचारका क्रममा बघौडा अस्पतालमा मृत्युभएको हो ।

यसअघि फागुन ६ गते पनि माडी नगरपालिका वडा नं ५ धोवाहामा गैँडाले हानेर स्थानीय ४५ वर्षीया विफला महतोको मृत्यु भएको थियो ।

प्रतिक्रिया