मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं २०:०९
वासिङटन डिसी 10:24

प्रधानमन्त्री र एमाओवादी अध्यक्षबाट एकै सभामा उभिएर छिट्टै सहमतिबाट संविधान ल्याउने उद्घोष

इनेप्लिज २०७१ फागुन १९ गते १०:५४ मा प्रकाशित

f2c66932e9ac5210f2cbd75e49b997ca प्रधानमन्त्री सुशील कोइराला र विपक्षी गठबन्धन ३० दलीय मोर्चाको नेतृत्व गरिरहनुभएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज एकै सभामा उभिएर छिट्टै सहमतिबाट संविधान जारी हुने उद्घोष गर्नुभएको छ ।

पश्चिम चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिर उच्च माविको स्वर्ण महोत्सवको संयुक्त रुपमा उद्घाटन गरेपछि यसै क्षेत्रबाट निर्वाचित प्रधानमन्त्री कोइराला र यसै विद्यालयमा अध्ययन गर्नुभएका अध्यक्ष दाहालले जनचाहनाअनुरुप छिट्टै दलहरुबीच सहमति भई संविधान बन्ने विश्वास दिलाउनुभएको हो ।

प्रतिक्रिया