तेजाब आक्रमणकारीलाई कारबाहीको माग गर्दै र्याली
काठमाडौँ, १९ फागुन । फागुन १० गते उपत्यकामा भएको तेजाब आक्रमणको विरोध गर्दै विवेकशील नेपाल, युथ इन ब्याक क्याप र डाइनामिक युथ संस्थाले दोषीलाई तत्काल कारबाहीको माग गर्दै आज र्यालीको आयोजना गर्यो ।
आज यहाँ ‘बालयौन दुव्र्यवहारविरुद्ध सामाजिक सचेतना र नीतिगत परिवर्तनका लागि दबाबमूलक युवा अभियान’को आयोजना गरी उक्त माग गरिएको हो ।
दोषीलाई कारबाही गर, महिला अधिकार सुनिश्चित गर, महिला हिंसामुक्त समाज निर्माण गर भन्ने नाराका साथ भएको र्यालीमा मेगा बैंकका प्रमुख कार्यकारी निर्देशक अनिलकेशरी साहले यस्तो काम गर्ने दोषीविरुद्ध एकजुट हुन सबैलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “छालामा लागेको घाउ निको होला तर मुटुमा लागेको घाउ निको हुँदैन ।”
दुई वर्ष पहिले हेटौँडामा तेजाब आक्रमणमा पर्नुभएकी विन्दवासिनी कङ्साकारले तेजाब आक्रमण गर्ने आक्रमणकारीलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।
र्याली वसन्तपुरबाट सुरु भएर न्युरोड गेट, रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट, सुन्धारा हुँदै वसन्तपुरमा पुगेर सभामा परिणत हुनेछ ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया