माओवादीलाई सर्त नराखी वार्तामा आउन भट्टराईको आग्रह
इनेप्लिज
२०७१ फागुन १९ गते ९:२१ मा प्रकाशित
झापा, १९ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत नेकपा माओवादीलाई कुनै पनि सर्त नराखी वार्तामा आउन आग्रह गर्नुभएको छ ।
आज प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो – नेपाली काँग्रेस नेतृत्वको सरकार इतिहासकै कमजोर सरकार भयो । संविधान बनाउनकै लागि भए पनि हामीहरु कमजोर सरकारमा सहभागी हुनुपरेको छ ।
सचिव भट्टराईले एमाओवादीको हठका कारण माघ ८ मा संविधान आउन नसकेको बताउनुभयो । बाह्र बुँदे सहमतिको बाटोबाट अघि बढ्नुपर्ने धारणा राख्दै उहाँले जेठ १५ भित्र संविधान बन्नुपर्छ भन्नुभयो । उहाँले सहमति हुन नसके प्रक्रियाबाटै संविधान निर्माण प्रक्रिया अघि बढाइने पनि प्रस्ट पार्नुभयो ।
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
प्रतिक्रिया