सङ्घीयताको मुद्दालाई अपहरण गर्न खोजिएको छ: अध्यक्ष दाहाल
इनेप्लिज
२०७१ फागुन १९ गते ८:०३ मा प्रकाशित
चितवन, १९ फागुन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सङ्घीयता विरोधी तत्वहरुले सङ्घीयताको मुद्दालाई अपहरण गर्न खोजेको आरोप लगाउनुभएको छ ।
अनेरास्ववियु क्रान्तिकारी मूल एकाइ समिति रामपुरले आज आयोजना गरेको स्वागत तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिजोको आन्दोलनको प्राप्तिलाई धरापमा पार्न खोजिएको छ भन्नुभयो ।
संविधानसभाबाट संविधान बनाउन आफूहरु लागिपरेको भए पनि यसलाई उल्ट्याउन विरोधी तत्वहरु सक्रिय रहेको बताउँदै उहाँले अन्तिम जित आफूहरुकै हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “हामी वार्ताकै पक्षमा छौँ । मलाई विश्वास छ समाधान निस्कन्छ ।”
अहिले अध्यक्ष दाहाल शिवनगरस्थित नारायणी विद्या मन्दिरमा प्रधानमन्त्री सुशील कोइरालासँगै स्वर्ण महोत्सव कार्यक्रममा सरिक हुनुहुन्छ ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
प्रतिक्रिया