अधिकतम सहमतिमा संविधान जारी गर्नुपर्छ: मन्त्री सिंह
इनेप्लिज
२०७१ फागुन १९ गते ६:४१ मा प्रकाशित
इलाम, १९ फागुन । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सकेसम्म अधिकतम सहमतिमा संविधान जारी गर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस इलामद्वारा आज आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सिंहले आन्दोलन छाडेर वार्ताको माध्यमबाट समस्याको समाधान गर्न विपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।
उहाँले प्रधानमन्त्री सुशील कोइरालाले पनि वार्तामा बोलाएर त्यहीँबाट समस्याको समाधान खोज्न आग्रह गरिरहेको भन्दै सडकमा गएर कराउँदैमा केही नहुने बताउनुभयो ।
संविधान जारी गरुञ्जेलसम्म एमालेसँग मिलेर अघि बढ्ने बताउँदै मन्त्री सिंहले कार्यकर्तालाई आश्वस्त पार्दै भन्नुभयो, “एमाओवादी, एमाले सरकारमा हुँदा गर्न नसकेको काम हाम्रो पालामा भएको छ, अब संविधान जारी पनि हाम्रै नेतृत्वमा हुन्छ ।”
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया