विद्यार्थीको चापले शिक्षकलाई हम्मेहम्मे
भीमदत्तनगर, १९ फागुन । कञ्चनपुरको रौतेली विचुवा गाविसमा रहेको बैजनाथ निम्नमाध्यमिक विद्यालयमा विद्यार्थीको चापले शिक्षकलाई अध्यापनमै समस्या परिरहेको छ ।
‘एउटै शिक्षकले हप्ता दिनमा ३९ वटा कक्षासम्म अध्यापन गराउनुपरेको छ ।’ रौतेली–विचुवा गाविस–८ भिलमिलामा रहेको सो विद्यालयका शिक्षक भुवनेश्वर ओझाले भन्नुभयो, “एउटै कक्षामा ९४ जना विद्यार्थीसम्म छन् ।”
जिल्लाकै दुर्गम मानिने विद्यालयमा कहिल्यै पनि विद्यार्थीको चाप नघटेको शिक्षक बताउँछन् । करिब ४९१ विद्यार्थी रहेको सो विद्यालयमा आठजना शिक्षक–शिक्षिका छन् । पाँच दरबन्दी र तीन जना राहत शिक्षक रहेको सो विद्यालयसँग अन्य आर्थिक स्रोत नहुँदा निजीस्रोतमा शिक्षक राख्न समस्या भएको विद्यालयले जनाएको छ ।
शिक्षक ओझाले भन्नुभयो, “निजीस्रोतबाट शिक्षक राख्ने हैसियत विद्यालयसित छैन ।”
विद्यालयको भौतिक संरचना प्रर्याप्त भएपनि आवश्यक विद्यार्थीको चापअनुसारको जनशक्ति नरहेको विद्यालयमा सो क्षेत्रका दलित, आदिवासी विद्यार्थीको बाहुल्यता छ ।
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
प्रतिक्रिया