प्रक्रियामा जानुबाहेकको विकल्प छैन: वरिष्ठ नेता देउवा
इनेप्लिज
२०७१ फागुन १८ गते १४:१२ मा प्रकाशित
नेपालगन्ज, १८ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान लेखनका लागि प्रक्रियामा जानु बाहेकको अरु कुनै विकल्प नभएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो— ‘३० दलीय मोर्चासँग वार्ता हुन्छ, तर वार्तामा बस्न संविधानसभाको कार्यसूची खारेज गर्न सकिँदैन ।’
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा नेता देउवाले वर्तमान सरकार विघटन नगरेर विपक्षी मोर्चालाई सरकारमा सामेल गराउन सकिन्छ तर त्यसका लागि सहमतिमा आउन जरुरी छ भन्नुभयो ।
नेपाली काँग्रेस जातीय सङ्घीयताको पक्षमा नरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो— ‘हामी वार्तामा बसाँै, छलफल गरौँ के कसरी कुरा मिलाउन सकिन्छ मिलाउँला ।’
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
ट्रम्पका कट्टर समर्थक न्यु मेक्सिकोका सरकारी कर्मचारी सदन आक्रमणमा संलग्न भएकोमा पक्राउ
अमेरिकामा एकैदिनमा १ लाख ६९ हजार कोरोनाबाट सक्रमित,१ हजार ७ सयको मृत्यु
प्रतिक्रिया