छुट्टाछुट्टै दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु
काठमाडौं, १८ फागुन । छुट्टाछुट्टै दुर्घटनामा सोमबार २ जनाले ज्यान गुमाएका छन् । प्रतिकुल मौसमका कारण दुइ जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक जिल्लामा युवकको रहेका छन् ।
काभ्रे जिल्लाको च्यासिङखर्क–१ निवासी २७ वर्षीय फुलमान तामाङको करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको होे ।
यस्तै, झापाको शान्तिनगरमा रुखले किचेर आजै एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शान्तिनगर–१ निवासी ६५ वर्षीया रुपमणि चापागार्इं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई घरनजिकै आफ्नै श्रीमान् देवीप्रसाद चापागार्इंले काट्दै गरेको रुख ढलेर किचेको बताइएको छ ।
रुखले किचेर गम्भीर घाइते भएकी चापागाईंको उपचारका लागि बिर्तामोडस्थित स्थानीय अस्पतालमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक चापागाईंको शव मेची अञ्चल अस्पताल भद्रपुरमा परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया