खराव मौसमका कारण प्याराग्लाइडिङको प्रि–वर्ल्ड कपअन्तर्गतको आजको खेल स्थगित
पोखरा, १८ फागुन । पोखरामा सुरु भएको प्याराग्लाइडिङ खेलकोे प्रि–वर्ल्डकपअन्तर्गत आज पनि खराव मौसमका कारण सम्पूर्ण उडान स्थगित भएका छन् ।
शनिबारदेखि पोखराको आकाशमा बादल लागेर आकाश खुल्न नसकेपछि टाक्स कमिटीले आज पनि सम्पूर्ण उडान स्थगित भएको जनाएको हो ।
शनिबारको प्रतिस्पर्धाको सम्पूर्ण प्याग्लाइडिङ उडान रद्द भएको थियो भने प्रतिस्पर्धाको दोस्रो र तेस्रो दिन पनि खेल स्थगित हुन पुगेको छ ।
शनिबार दिउँसोदेखि पोखरामा पानी परिरहेको र आकाश बादलले ढाकेकाले तीन दिनदेखि घामसमेत लाग्न सकेको छैन ।
प्याराग्लाइडिङ उडान गर्न उपयुक्त वातावरण नभएका कारणले गर्दा लगातार तीन दिन खेल स्थगित भएको प्रि–वल्र्डकपका संयोजक एवम् नाका उपाध्यक्ष सोवित बानियाँले जानकारी दिनुभयो । प्याराग्लाइडिङ प्रि–वल्र्ड कपमा सहभागी पाइलट तथा दर्शकहरु लगातार खेल स्थगित हुँदा निरास भएका छन् ।
शुक्रबार प्याराग्लाइडिङ खेलकोे प्रि–वल्र्डकपअन्तर्गत अभ्यास खेल सफलतापूर्वक भएको थियो । प्याराग्लाइडिङ गर्नका लागि निलो आकाश देखिने गरी खुलेको तथा घाम लागेको अवस्थामा उपयुक्त वातावरण भएको बानियाँले बताउनुभयो ।
प्रतिस्पर्धाका आधारमा छ दिनको खेल सञ्चालन हुने भए पनि यस प्रतियोगितामा न्यूनतम दुई दिनको टाक्स लिनुपर्ने भएकाले कम्तीमा पनि दुई दिन आकाश खुल्नैपर्ने नाका प्राविधिक उपाध्यक्ष रवीन गुरुङले जानकारी दिनुभयो ।
उहाँले ‘‘मौसमविद्हरुले भनेअनुसार आजसम्म मौसम खराब भए पनि मङ्गलबारदेखि मौसममा सुधार आउने भएकाले हामी आशावादी छौँ, हामीले न्यूनतम दुई दिनको टाक्स पूरा गर्न पाउने छौँ’’ भन्नुभयो ।
प्रतियोगितामा नेपालसहित ३६ राष्ट्रका १५० प्याराग्लाइडिङका पाइलट सहभागी भएका छन् । प्रतियोगिता यही फागुन २१ गतेसम्म सञ्चालन हुने भएको छ ।
पाइलटहरुले सराङकोटको १४ सय मिटरको उचाइबाट उडान भरी तोकिएको निर्धारित पोखरा क्षेत्रको आकाशमा पुगी क्रसकन्ट्री गरी फेवाताल नजिकको चारवटा ठाउँमा अवतरण गर्ने भएका हुन् ।
उक्त प्रि–वल्र्ड कपका लागि वल्र्डकप कमिटीबाट प्राविधिकले स्थलगत अवलोकनसमेत गर्दै गरेको आयोजकले जनाएको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
मेरिल्याण्डमा डिसीका १२ बर्षिय किशोरलाई गोली चलाई हत्या गरेको अभियोगमा पक्राउ
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
प्रतिक्रिया