मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०९:१९
वासिङटन डिसी 23:34

काँग्रेस र एमालेबीच सहमति: वार्तासँगै संविधानसभा बैठक अघि बढाइने

इनेप्लिज २०७१ फागुन १८ गते ८:२९ मा प्रकाशित

congress-uml

काठमाडौँ। प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)को आजको संयुक्त बैठकले विपक्षी दलसँग वार्ता जारी राख्ने र अनिश्चितकालका लागि स्थगित संविधानसभाको बैठक छिट्टै बोलाउनुपर्ने सहमति गरेका छन् ।

काँग्रेस र एमालेका शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकले विपक्षी मोर्चाको मागबमोजिम संविधान निर्माणको प्रक्रिया स्थगन गरेर संविधानसभा बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिए पनि मोर्चाका दलहरु वार्ताका लागि तत्पर नदेखिएका सम्बन्धमा समीक्षा भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया