केमिका भण्डारी द्वारा एनआरएन अमेरिकाको उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा
आदरणीय दाजु भाई तथा दीदि बहिनिहरु,
अमेरिकाको मेरिलैंड राज्य को वाल्टिमोर महानगरी बाट म केमिका भण्डारी को सादर अभिबादन ! हामी अमेरिकाबासि आप्रबासी नेपालीहरु अमेरिकी समाज को धेरै महत्वपूर्ण र अभिन्न भाग हौ l यस मुलुकमा हाम्रो उपस्थिति लाई उजागर गर्न को निमित्त हामी नेपाली/नेपालीहरुको बीच आपसी सद्भाव र एकता आबस्यक छ l नेपाली/ नेपाली बीच भाइचारा सम्बन्ध प्रवर्द्धन गरि सबै नेपाल हरुलाई एक सुत्रमा बाढ्ने एक मात्र संस्था गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएन यूएसए) नै हो l
सामाजिक सेवा प्रति मेरो लगाब र अमेरिका मा नेपाली संस्कृति जगेर्ना गरि खेलकुद प्रवर्द्धन गर्ने संघ संस्था हरु मा मेरो संलग्नता लाई मध्य नजर गरेर मेरो मार्ग दर्सक अग्रज हरु ले मलाई एनआरएन यूएसए को नेतृत्व गर्ने समिति मा जान आग्रह गरिर हनु भएको छ l
मेरा मान्यजनहरु हरु को आग्रह लाई सिरोपर गर्दै, एन आर एन यूएसए मा संलग्न भै नेपाल र नेपाली हरु को सेवा को लागि दत्तचित्त हुन मैले पनि आर एन यूएसएको आसन्न निर्बाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निधो गरेको छु l
आदरणीय मार्गदर्सकहरु, एनआरएन यूएसए लाई मजबुत बनाई हाम्रो नेपाली सक्ती अमेरिका मा प्रवर्द्धन गर्ने अभियान हाम्रो हुनु पर्छ, हामी सबै को होस्टे हैसे बाट मात्र एनआरएन अभियान सफल हुन्छ l अर्को कुरा यो संसार मा तपाई हामी सबै मिल्यौ भने असम्भब भन्ने कुरो केहि हुदैन जस्तो मलाई लाग्छ l
नेपाल र अमेरिका को बीच पेसागत रुपमा प्रत्यक्ष मानव सम्पर्कको आजको आबस्यकता हो, जसबाट दुइ देश को बीच सम्बध प्रगाड हुन्छ, यस कुरा लाई मुर्त रुप दिन एनआरएन यूएसए ले नेपाली तथा अमेरिकी खेलाडीहरुको बीच यात्रा आदान प्रदान गर्नु पर्दछ l यस सम्बधमा दुइ देश बीच खेल कुद आदान प्रदान को लागि भबिस्यमा अध्ययन तथा अनुसंधान गरि श्वेत पत्र प्रस्तुत गर्ने मैले जमर्को गरेको छु l
एनआरएन यूएसए भित्र युवा पुस्ताको प्रवेश अत्यन्त नै न्युन छ, युवा पुस्ता लाई एनआरएनको मुलधार मा ल्याउन सकिएन भने एन आर एन अमेरिका को भबिस्य धराप मा पर्छ l युवा पुस्ता लालायीत् हुने किसिम का नीति र कार्यक्रम बनाउने पनि मेरो अर्को एजेन्डा छ l
आदरणीय दाजु भाई तथा दीदि बहिनिहरु, मेरो कार्य कालमा मैले गर्न सक्ने र सम्भब हुने कुराहरु मात्र मा यहाँ हरु समस्या राख्ने छु l यहाँ हरु सबैको सल्लाह एबं सुझाब को मैले अपेक्षा गरेको छु l म यहाँ हरु सबैलाई मलाई सहयोग गर्न आग्रह गर्दछु l यो मेरो आग्रह हो , यहाँहरुको इच्छा !
बिनित: केमिका भण्डारी वाल्टिमोर, मेरिलैंड
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया