के तपाइ NRN USA को चुनावको कुनै पदमा उठ्नुभएको छैन !

इनेप्लिज २०७१ फागुन १७ गते २०:१८ मा प्रकाशित

sushil

के तपाई अमेरीकामा बस्नुहुन्छ र दक्ष तथा क्षमतावान छु जस्तो लाग्छ ? यदि त्यसो हो भने अमेरीकन-नेपाली

समाजलाई सहि बाटोमा डोर्याउन तपाईको शख्त खाँचो छ, NRN USA को चुनावमा तपाईको उम्मेदवारी

दिनुहोस र नायकीय भूमिका निर्वाह गर्नुहोस ।

अहिले NRN USA को चुनावको माहोलले अमेरीकाबासी नेपालीहरूलाई छोपेको अवस्था छ । अवस्था

यस्तो छ कि “बच्चा जन्मनु कहाँ छ काहाँ, कन्दनी बाट्नु” जस्तै । जहाँ जता हेर्यो उम्मेदवारी दिने कुराको मात्रै

चर्चा परिचर्चा भैरहेको र किरासरी ब्यक्तिहरू बिभिन्न पदहरूमा उठ्न लालायीत भएको पाइन्छ । लाग्दछ,

पदहरूमा उठ्नासाथ “पैसाको बिटो नै बर्सिन्छ” कि जस्तो !

बिगतका पदाधिकारीहरूले केही गरेका थिएनन्, हाम्रो पालामा आएर ४ हज्जारबाट १२ हज्जार जनालाइ सदस्य बनायौं भनि नाक घोक्र्याउनेहरू

यत्र तत्र प्रचारमा आएका देखिन्छन । के साँच्चिकै उहाँहरूलेनै १२,००० सदस्य पुर्याउनु भएको हो कि ? आसन्न निर्वाचनमा उम्मेदवारी दिन इच्छा

राख्नेहरूको लगनले भएको हो ? मैले त बुझ्नै सकेको छुइन ।

के आउने AGM मा यिनिहरूले नेपालका नेताहरूले भागबण्डा लगाएको झैं गरी भइरहेको २ वटा उपाध्यक्ष पदलाइ चारवटामा बाँडी पद ओगट्न

खोजेको हो ? हैन भने किन चाहियो ४ जना उपाध्यक्षहरू ?

बिगतमा यो ब्यक्ति राम्रो, त्यो ब्यक्ति नराम्रो भन्दै फलाक्ने पत्रकार बन्धुहरूले तिनै ब्यक्तिको प्रचार प्रसार गरेको देख्दा के साँच्चै NRN USA को

चुनावमा शेरबहादूर देउबानै छिरेका छन कि क्या हो ? मत किन्न र पत्रकार किन्न “तँ छाड म छाड” नै भए जस्तो देखिन्छ ।

किरियापुत्री बसेको ठाँउमा त शोक मनाउनुको साटो मृतकको बारेमा नानाथरी लाञ्छना लगाउन पछि नपर्ने हाम्रो समाजमा के सच्चा, इमान्दार, र

कर्त्ब्यनिष्ठ ब्यक्ति अगामी चुनावमा आउलान त ?

म यस पार्टीको मान्छे, तिमी कुन पार्टीको ? कुनै पार्टीमा छैनौं भने तिमिले मत पाउँदैनौ र हार्छौ भन्ने शब्द हाम्रो समाजमा निस्कनु कस्तो

बिडम्बना ? हामी धेरैजसो नेपालीहरू चाहे संसारको जुनसुकै कुनामा रहेता पनि नेपाली कुसंस्कार लिएर आएको देखिन्छ र घमण्डसाथ भन्छन म

यस नेताको सन्तान, फलानो शहिदको छोरा, छोरी वा आफन्त, अमुक पर्टीको आदी आदी । उहाँहरू अमेरीकामा बस्नुहुन्छ र नेपालको राजनीति

गर्नुहुन्छ। जबसम्म तापाईहरूले नेपालको राजनीति त्याग्न सक्नु हुन्न, तब सम्म केही गर्न सक्नु हुन्न । तपाई नेपालका नेताहरूको पछाडी हैन, तपाईको

पछाडी नेपाली नेतालाइ हिंडाउने वातावरण बनाउनुस । नेपालका नेताहरूको उपदेश हैन, तपाईका राम्रा बिचारहरू नेपाली नेताहरूलाई सम्प्रेशण

गर्नुहोस तवमात्र तपाई एक सच्चा इमान्दार, कर्तब्यनिष्ठ उम्मेदवार ठहरिनु हुनेछ र केही गर्न सक्नु होला ! नत्रभने पहिले पहिले हाम्रा पुर्खाले भन्ने गर्थे

“ गाँडमे लत्ता नै चल् कल्कत्ता” जस्तै हुनेछ । यसर्थ, तपाईहरू एक अर्काको खुट्टा तान्ने काम नगर्नुहोस । नेता भनेको कुनै इन्जिनियर, डक्टर, वकील

तथा पत्रकारको पेवा हैन । नेतामा सम्पूर्ण गुण हुनु पर्दछ । अफ्नो अत्मालाई छोएर भन्नुहोस तपाईले आजसम्म अमेरीकामा बसेर कुन नेपालीलाई

आफ्नो पेशा अनुसारको निशुल्क सरसल्लाह दिनु भएकोछ ? खाली कुरा र गफ छाँटेर मात्र हुदैन कि ?

हामीहरू अमेरीकामा बसेका छौं, त्यसैले अमेरीकी मूल्य र मान्यता अनुरूपको राजनीति गरौं र एक अर्कालाइ लाञ्छना लगाउने काम नगरौं ।

यसैबाट तपाई हाम्रो भलाई हुनेछ ।

शुसिल कुमार रेग्मी

उम्मेदवार – NRN USA बोर्ड अफ डाइरेक्टर पद २०१५ .

मेरील्याण्ड, संयुक्त राज्य अमेरीका ।

इमेल – [email protected], फोनः 240-505-8648 (मोवाइल)

प्रतिक्रिया