सोमबार, कार्तिक १० २०७७
काठमाडौं ०७:३३
वासिङटन डिसी 21:48

१२ बर्षपछि एमाले फर्केका राधाकृष्ण मैनाली भन्छन् – ‘एमाओवादीको भीडमा उल्लु हुन गइन’

इनेप्लिज २०७१ फागुन १७ गते १७:३५ मा प्रकाशित

Radha-Krishna-Mainali

काठमाडौँ । नेकपा (एमाले) ले केन्द्रीय सदस्यमा आफूलाई मनोनयन गर्ने निर्णयलाई वामपन्थी नेता राधाकृष्ण मैनालीले बाह्र वर्षपछि पार्टीले सम्झिएको भन्दै स्वागत गर्नुभएकोे छ ।

एमालेको आजको स्थायी कमिटी बैठकले उहाँ र पूर्वनेता विजय सुब्बालाई मनोनयन गर्ने निर्णय गरेको थियो । सो निर्णयबारे प्रतिक्रिया दिँदै नेता मैनालीले आफू पहिलो संविधानसभापछि एमाओवादीमा प्रवेश गरे पनि त्यहाँ सन्तुष्ट नभएपछि स्वतन्त्र रहेको अवस्थामा पुरानो पार्टीले घर फर्काउनुलाई स्वागतयोग्य ठानेको बताउनुभयो ।

बाह्र वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहको मन्त्रिमण्डलमा शिक्षामन्त्री बनेपछि एमालेले उहाँलाई पार्टीबाट हटाएको थियो । 

प्रतिक्रिया