धेरैजनाको इच्छाले ‘अझै पनि’मा अभिनय गरेँ: सुदर्शन थापा (भिडियो)

इनेप्लिज २०७१ फागुन १७ गते १६:०४ मा प्रकाशित

 

bj

 

मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’, ‘के यो माया हो’, ‘धन्दा’ तथा मधुमास जस्ता चलचित्रहरु निर्देशन गरेर क्षमतावान निर्देशकको पहिचान बनाएका सुदर्शन थापा फागुन १५ गते रिलिज हुने चलचित्र ‘अझै पनि’का मुख्य कलाकार हुन् ।

sudarshan-thapa-2
निर्देशनमा आउनुपहिले नै ‘दलन’ नामक टेलिचलचित्रबाट अभिनयको अनुभव लिएका थापाले अभिनय गरेर रिलिज हुन लागेको पहिलो चलचित्र भने ‘अझै पनि’ हो । ‘अझै पनि’मा आफु हिरो भन्दा पनि आफु कलाकार भएको बताउने थापाले चलचित्र टिमका धेरै जनाको इच्छाले आफु यो चलचित्रमा अभिनयमा आएको बताएका छन् । थापा यो चलचित्रका निर्माता समेत हुन् । पुनम गौतमसँगको सहकार्यमा उनले लगानी गरेका हुन् ।

sudarshan-thapa-3
सामाजिक प्रेम कथामा बनेको यस चलचित्रमा सुदर्शनको साथमा पुजा शर्मा, सुरक्षा पन्त लगाएतका कलाकारहरुको मुख्य भूमिका छ ।

स्रोत:ठुलो पर्दा डट.कम

प्रतिक्रिया