योजनाबद्ध आक्रमण भयो: एमाओवादी
काठमाडौँ, १७ फागुन । सरकारले योजनावद्ध रुपमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण गरेको एकीकृत नेकपा(माओवादी)ले आरोप लगाएको छ ।
शनिबार नयाँबानेश्वरमा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले गरेको हस्तक्षेपमा एमाओवादीका नेता गङ्गानारायण श्रेष्ठलगायत तीसभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका थिए ।
घाइतेहरुको कान्तिपुर, निजामती र वीर अस्पतालमा उपचार भइरहेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आज कान्तिपुर अस्पतालमा पुगी नेता श्रेष्ठको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिनुभएको थियो ।
नेता श्रेष्ठको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएपछि सञ्चारकर्मीसँग अध्यक्ष दाहालले सत्तारुढ दलको व्यवहार अझै पनि सहमतिका आधारमा अगाडि बढ्न तयार नभएको बताउनुभयो ।
बहुमतीय प्रक्रियालाई स्थगन गरेर सहमतिका आधारमा अगाडि बढ्न सत्ताधारी तयार नभए थप सशक्त आन्दोलनको आवश्यकता रहेकोमा जोड दिँदै उहाँले शनिबार बानेश्वरमा गरिएको प्रहरी हस्तक्षेप त्यसैको परिणति भएको बताउनुभयो ।
यसैबीच कान्तिपुर अस्पतालमा उपचाररत एमाओवादी नेता श्रेष्ठले रासससँग सङ्क्षिप्त कुरा गर्दै आफूलाई प्रहरीले चिनेर नै ताकी–ताकी प्रहार गरेको बताउनुभयो ।
प्रहरीका उच्च अधिकारीसँग छलफल गर्दै गर्दा एक्कासी हस्तक्षेप भएको र नेताहरुमाथि नै छानी–छानी प्रहार गरिएको उहाँको भनाइ छ ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माले प्रहरी हस्तक्षेमा परेर घाइते भएका नेता तथा कार्यकर्ताको निःशुल्क उपचार गर्न माग गर्नुभएको छ ।
“बिना कुनै आधार निषेधित क्षेत्र तोडेको आरोपमा नेता तथा कार्यकर्तामाथि जानी–जानी प्रहार गरिएको छ । त्यस क्षेत्रमा रहेका प्रहरीका अधिकृत तथा आक्रमणकारी प्रहरीलाई कारबाही हुनुपर्छ”–प्रवक्ता शर्माले भन्नुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया