आन्दोलन छाडेर बिनासर्त वार्तामा आउन पौडेलको आग्रह
इनेप्लिज
२०७१ फागुन १७ गते १४:४६ मा प्रकाशित
दमौली, १७ फागुन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले विपक्षीलाई तत्काल आन्दोलन छोडेर बिनासर्त वार्तामा आउन आग्रह गर्नुभएको छ ।
गणेशमान बलिदान अभियानअन्र्तगत तनहुँको सिसाघाटमा आज आयोजित कार्यक्रममा उपसभापति पौडेलले सो आग्रह गर्नुभयो । “आन्दोलन नरोकिएसम्म भएको वार्ताले सार्थक परिणाम नल्याउने भन्दै आन्दोलन छोडेर वार्तामा आउन ३० दलीय मोर्चालाई म यहीँबाट आग्रह गर्दछु”– उपसभापति पौडेलले भन्नुभयो ।
संविधान निर्माणका लागि संविधानसभाबाट प्रक्रिया सुरु भइसकेकाले कुनै पनि हालतमा त्यसलाई खारेज गर्न नसकिने उहाँको भनाइ थियो ।
उपसभापति पौडेलले प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि दुईपटक आह्वान गरिसकेकाले बाहानाबाजी गरेर आन्दोलनमा होमिनु एमाओवादी र मधेसी मोर्चाको लाचारीपन भएको टिप्पणी गर्नुभयो ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया